बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो « Khabarhub

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो । त्यस गैँडालाई ट्रकमा राखेर ल्याइएको हो । उद्धार गरी ल्याइएको सो गैँडा अन्दाजी पाँच वर्षको छ ।

आधिकारिक रूपमा हालसम्म एउटामात्र गैँडा नदीले बगाएको सूचना आए तापनि अन्य गैँडासहितका वन्यजन्तु पनि बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि  विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पुर्‍याएको थियो । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : २१ बजे

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न