हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध « Khabarhub

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेका हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द भएको हो । 

जम्मा पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए। 

उनका अनुसार वर्षाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपासबाट ओसारपसार सुरु गरिएको छ । अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपासबाट मनाङ आवतजावत गर्न असम्भव भएको हो । 

‘यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरु यता रोकिएका छन्’, पूर्ववडा सदस्य रहेका निमा दोर्जेले भने, ‘अझै केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।’ 

बाढी र पहिरोका कारण मनास्लु पदमार्गको विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुल बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकका लागि अस्थायी काठेपुल बनाइएको छ ।
 
बाढी, पहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट वर्षामा घोडा, खच्चड हिँडाउन सकिएको छैन । बीचमा स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित छन् । 

हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका–१ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए।

‘मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ’, उनले भने। 

लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाको भनाइ छ ।

उनी भन्छन्, ‘अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौँ स्वदेशी, विदेशी पर्यटक पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी र यस्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरु मर्कामा परेका छन् ।’

लार्केपास खोलिदिन र सुरक्षित रुपमा सञ्चालनमा ल्याउने आफूहरुले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्रसमेत पठाएको  जानकारी दिए । 

विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनेको थियो । गत वर्ष स्थानीय युवाले बाटो खुलाएका थिए । यो वर्ष त्यो सम्भव नरहेको साम्दोमा निमा दोर्जे लामाले बताए। 

‘यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, स्थानीयले मात्र हिउँ पन्छाउन  सम्भव  छैन’, उनले भने। 
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ३५ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था