प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति « Khabarhub

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री अभिव्यक्ति राष्ट्रघाती भएकाले रोस्टमबाटै सच्याइनुपर्ने वा संसद्को रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आएको स्मरण गराएका हुन् ।

बैठक सुरु हुनेबितिकै श्रम संस्कृतिका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलालाई समय दिएका थिए । 

उनले गत जेठ १७ गते संसद्को रोस्टमबाट प्रधानमन्त्रीले नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताइन् । 

उक्त अभिव्यक्ति सच्चाउनुपर्ने वा रेकर्डबाट हटाउनुपर्ने माग सम्बोधन नभएकाले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ०७ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण