स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा « Khabarhub

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यहरू टोली बनाएर पालिका पुग्नेछन् ।अभियानमार्फत नागरिकका गुनासा र सुझाव सुन्नुका साथै रास्वपाका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउने तयारी गरिएको छ ।

रास्वपाले स्थानीय तहमा कस्ता व्यक्ति उम्मेदवार बन्न सक्ने र उम्मेदवार छनोट प्रक्रिया कसरी अघि बढाइने भन्ने विषयमा पनि नागरिकलाई जानकारी दिने जनाएको छ । पार्टीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’सहित पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट स्थानीय तहका उम्मेदवार छनोट गर्ने बताएको छ ।

त्यस्तै, वर्तमान सरकार गठन भएको ६ महिनामा संसद् र सरकारमार्फत भएका काम तथा पहलका विषयमा पनि पालिकास्तरमै जानकारी गराइनेछ । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियान नागरिकका कुरा सुन्ने मात्र नभई पार्टीका कुरा पनि नागरिकसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : २२ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था