स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा « Khabarhub

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यहरू टोली बनाएर पालिका पुग्नेछन् ।अभियानमार्फत नागरिकका गुनासा र सुझाव सुन्नुका साथै रास्वपाका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउने तयारी गरिएको छ ।

रास्वपाले स्थानीय तहमा कस्ता व्यक्ति उम्मेदवार बन्न सक्ने र उम्मेदवार छनोट प्रक्रिया कसरी अघि बढाइने भन्ने विषयमा पनि नागरिकलाई जानकारी दिने जनाएको छ । पार्टीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’सहित पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट स्थानीय तहका उम्मेदवार छनोट गर्ने बताएको छ ।

त्यस्तै, वर्तमान सरकार गठन भएको ६ महिनामा संसद् र सरकारमार्फत भएका काम तथा पहलका विषयमा पनि पालिकास्तरमै जानकारी गराइनेछ । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियान नागरिकका कुरा सुन्ने मात्र नभई पार्टीका कुरा पनि नागरिकसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : २२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण