विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै « Khabarhub

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।

विराटनगर–६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई छिटो, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ। लिग चरणका खेलहरू ‘सुपर ६’ (प्रति खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरका हुनेछन्।

यो प्रतियोगिता केवल क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तार (कर्पोरेट नेटवर्किङ) को साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए।

प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको छ। खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू रहनेछन्। यस प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

देशभरका कर्पोरेट जगतलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्ने यस महाकुम्भमा सहभागिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : २५ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य