इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल « Khabarhub

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था र पुनःस्थापनाका लागि अब गर्न सकिने कामबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यसहित १७ जना सांसद सहभागी थिए। आचार्यबाहेक अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेको बताइएको छ।

दिउँसो १२ बजेदेखि सवा २ बजेसम्म चलेको छलफलमा बाढी तथा पहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम र आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूले विपद्पछिको पुनःनिर्माण तथा पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन सकिने उपायबारे प्रधानमन्त्रीसमक्ष सुझाव राखेका थिए।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ५० बजे

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन