इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल « Khabarhub

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था र पुनःस्थापनाका लागि अब गर्न सकिने कामबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यसहित १७ जना सांसद सहभागी थिए। आचार्यबाहेक अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेको बताइएको छ।

दिउँसो १२ बजेदेखि सवा २ बजेसम्म चलेको छलफलमा बाढी तथा पहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम र आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूले विपद्पछिको पुनःनिर्माण तथा पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन सकिने उपायबारे प्रधानमन्त्रीसमक्ष सुझाव राखेका थिए।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ५० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म