दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु « Khabarhub

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ ।

  सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए ।
    
‘हामी पनि पुलस्थलमा आउदैछौँ’, जोशीले भने, ‘अध्ययन टोलीले विस्तृतमा अनुगमन गर्दै जान्छ ।’ 

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब छ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा–चाँदनी पुग्दैछ । मुख्यमन्त्री भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहेको छ ।
    
त्यसैगरी, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले पुलको एउटा पिल्लर बाढीले भत्काएको भन्दै सुरक्षाका कारण पुल वरपर नजान नागरिकहरूसित आग्रह गरेका छन् । 
    
त्यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई यथाशीघ्र पुल निर्माणका लागि आग्रह गरेका छन् । 

‘विसं २०५६ मा यहाँबाट निर्वाचित भएपछि मैले पहिलो पटक महाकाली नदीमा झोलुङ्गे पुल बनाई दोधारा–चाँदनी जोड्नुपर्छभन्दा कतिपय साथीहरू असम्भव कुरो भनेर मसित ठट्टा गर्थे’, लेखकले भने, ‘तर सोही अवधिमा पुल निर्माण प्रारम्भ भएर सरकारकै बजेट र नेपालकै प्राविधिकबाट ऐतिहासिक लामो पुल बनेको थियो ।’

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ५६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम