दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति « Khabarhub

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुको चाप बढ्ने मौका छोपेर एयरलाइन्स कम्पनीहरूले मनपरी भाडा असुल्ने गरेको आरोप लगाए।

उनले धनगढीको एकतर्फी हवाई टिकटको मूल्य १६ हजार रुपैयाँसम्म र झापाको भद्रपुरको टिकट १२ हजार रुपैयाँसम्म पुगेको बताए।

सांसद प्रसाईँले हवाई टिकटमा कालोबजारी भइरहेको दाबी गर्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : २९ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर