काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिले सभापति पाएको छ।
समितिको पहिलो बैठकले गणेश पराजुलीलाई सभापतिमा निर्विरोध चयन गरेको हो। पराजुलीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्।
असोज ५ गते गठन भएको १५ सदस्यीय समितिले जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सँग सम्बन्धित विषयमा अध्ययन तथा आवश्यक सुझाव दिनेछ।














प्रतिक्रिया