एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति « Khabarhub

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला यसको प्रयोगलाई लिएर सेलिब्रेटीको चिन्ता पनि बढ्न थालेको छ ।

यहीबीच बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो नाम, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गरेको आरोपमा लस एन्जलसस्थित एक एआई कम्पनीविरुद्ध कानुनी कदम चालेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उर्वशीको टोलीले उक्त कम्पनीसँग ७० अर्ब भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। कम्पनीले उर्वशीको पहिचानसँग जोडिएका सामग्री अनुमति बिना प्रयोग गर्दै त्यसबाट व्यावसायिक लाभ लिएको उनको टोलीको आरोप छ। यद्यपि, कानुनी कारबाही अघि बढाइएको भनिएको एआई कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन।

उर्वशीको टोलीले एआई कम्पनी स्थापना गरेर आफ्नै ब्रान्ड र प्रविधि विकास गर्ने अधिकार सबैलाई भए पनि अरू व्यक्तिको नाम, तस्बिर वा पहिचानलाई अनुमति नलिई व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नमिल्ने तर्क गरेको छ।

तर, कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिराज हसनले उर्वशीको दाबीबारे प्रतिक्रिया दिँदै एआई प्रविधिले मनोरञ्जन क्षेत्रमा ल्याउन सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराएका छन्। उनका अनुसार एआईको प्रयोगबाट फिल्म, डिजिटल कार्यक्रम तथा विभिन्न भाषामा बोल्न सक्ने डिजिटल पात्रसमेत निर्माण गर्न सकिन्छ। उनले उर्वशीलाई एआईको सम्भावना र यसको प्रयोगबारे थप बुझ्न सुझाव दिएका छन्।

एआईको प्रयोग सामग्री निर्माणदेखि मनोरञ्जन क्षेत्रसम्म तीव्र रूपमा विस्तार भइरहेका बेला सेलिब्रेटीको नाम, आवाज, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गर्ने विषय भने नयाँ कानुनी र नैतिक प्रश्नका रूपमा देखिन थालेको छ।

यसअघि अभिनेता सलमान खानले पनि ‘बिग बोस २०’को एक एपिसोडमा एआईको दुरुपयोगबारे चर्चा गरेका थिए। उनले एआईमार्फत आफ्नो आवाज प्रयोग गरेर कसैलाई गाली गर्न सकिने तथा मानिसको नक्कली एआई भिडियोसमेत बनाउन सकिने भन्दै चिन्ता व्यक्त गरेका थिए।

यसरी एआईले मनोरञ्जन क्षेत्रमा नयाँ सम्भावना खोलिरहँदा कलाकारको पहिचान र व्यक्तिगत अधिकारको संरक्षण कसरी गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ०२ बजे

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,