राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट « Khabarhub

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी उनीहरूको अवस्था र सैन्य अभियानबारे जानकारी लिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत लिमान क्षेत्रमा अभियानमा संलग्न सैनिकसँग भेट गरी उनीहरूलाई राज्यका तर्फबाट प्रदान गरिने पुरस्कार प्रदान गरेको जानकारी दिएका छन्। उनले सम्बन्धित ब्रिगेडका कमाण्डरसँग सैन्य एकाइले सञ्चालन गरिरहेको अभियानबारे पनि छलफल गरेको बताए।

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्कीले युद्धग्रस्त तथा अग्रपङ्क्तिका क्षेत्रमा पटकपटक भ्रमण गर्दै आएका छन् ।

जेलेन्स्कीले युक्रेनी सेनाले लिमान आसपासका केही क्षेत्र पुनः कब्जा गरेको दाबी गर्दै त्यसलाई ‘अपरेसन भिभाल्डी’ नाम दिइएको प्रतिरोध अभियानको हिस्सा बताए ।

युक्रेनको पूर्वी क्षेत्रमा रूसी र युक्रेनी सेना व्यापक ‘किल जोन’का कारण अघि बढ्न कठिनाइमा छन्। यस क्षेत्रमा विस्फोटक ड्रोनमार्फत सैनिक गतिविधिको निगरानी गरी लक्षित आक्रमण हुने गरेको बताइएको छ।

दुवै पक्षले हासिल गर्ने सीमित क्षेत्रीय उपलब्धिका लागि ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ। रूसले आफ्नो दाबी गर्दै आएको पूर्वी डोनेत्स्क क्षेत्रको सम्पूर्ण भूभाग कब्जा गर्न सैन्य अभियान जारी राखेको छ।

रूसी सेनाले क्रामातोर्स्क र स्लोभियान्स्कलगायत पूर्वी क्षेत्रका किल्लाबद्ध शहरलाई समेत निशाना बनाउँदै आएको छ। तीमध्ये केही शहर लामो समयदेखि हुँदै आएको हवाई बमबारीका कारण ठूलो क्षतिमा परेका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ५७ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने