भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय « Khabarhub

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्य कायम राखेको हो ।

निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आएको छ । तर, हालैको बाढीपहिरोले पारेको असर, नजिकिँदै गरेको चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत् राखिएको छ। उपभोक्ताले अब एक सिलिन्डर ग्यासका लागि २ हजार ६० रुपैयाँ नै तिर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय बजार तथा भारतबाट प्राप्त खरिद मूल्यमा वृद्धि भए पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगममाथि थप आर्थिक भार पर्ने भएको छ । निगमका अनुसार पछिल्लो मूल्य समायोजन नगर्दा १५ दिनमा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

निगमले उपभोक्तामाथि तत्काल मूल्यवृद्धिको भार नपार्ने निर्णय गरे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा खरिद मूल्यमा हुने परिवर्तनले आगामी दिनमा मूल्य समायोजनको अवस्था सिर्जना हुन सक्ने जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : २० बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण