निगमको पाक्षिक घाटा तीन अर्ब बढी « Khabarhub

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भोटेकोसी विपद्का कारण पेट्रोलियम पदार्थको भाउ यथावत् राखिएको निगमले जनाएको छ ।

भारतबाट असोज १४ गतेबाट पेट्रोलमा प्रति लिटर २०.४४ रुपैयाँ, डिजेलमा २०.२१ र मट्टितेलमा १५.९६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यस्तै, हवाई भाडामा प्रति लिटर १८.६६ रुपैयाँ बढेको निगमको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य पहिलो वर्गका लागि १९७.५० ,दोस्रोका लागि १९९ र तेस्रोका लागि २०० रुपैयाँ प्रति लिटर यथावत् राखेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य पनि समान रहेको छ । एलपी ग्यासको मूल्य प्रति सिलिण्डर दुई हजार ६० रुपैयाँ तोेकेको छ ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा तीन अर्ब २० करोड ३८ लाख घाटा हुने निगमले जनाएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने