निगमको पाक्षिक घाटा तीन अर्ब बढी « Khabarhub

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भोटेकोसी विपद्का कारण पेट्रोलियम पदार्थको भाउ यथावत् राखिएको निगमले जनाएको छ ।

भारतबाट असोज १४ गतेबाट पेट्रोलमा प्रति लिटर २०.४४ रुपैयाँ, डिजेलमा २०.२१ र मट्टितेलमा १५.९६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यस्तै, हवाई भाडामा प्रति लिटर १८.६६ रुपैयाँ बढेको निगमको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य पहिलो वर्गका लागि १९७.५० ,दोस्रोका लागि १९९ र तेस्रोका लागि २०० रुपैयाँ प्रति लिटर यथावत् राखेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य पनि समान रहेको छ । एलपी ग्यासको मूल्य प्रति सिलिण्डर दुई हजार ६० रुपैयाँ तोेकेको छ ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा तीन अर्ब २० करोड ३८ लाख घाटा हुने निगमले जनाएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : ३१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२