विपद्पछिको हेली उद्धारमा २० करोड खर्च « Khabarhub

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड रुपैयाँ खर्च भएको बताएको छ ।

गृहमन्त्री सुधन गुरुङले हेलिकप्टरबाट उद्धारमा बढीमा २० करोड खर्च भएको बताए । ‘बाहिर सार्वजनिक भएजस्तो अर्बौँ खर्च भएको होइन । बढीमा २० करोड खर्च भएको छ । हामी नागरिकप्रति जबाफदेही हुनुपर्छ यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौँ,’ उनले भने ।

यस्तै उनले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अब अस्थायी आवासको प्रबन्ध गरेर ६ महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताए । ‘उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन। अब आवासका लागि गृहकार्य गरिरहेका छौँ । नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ,’ उनले भने ।

पीडितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता झल्किने र आधुनिक सुविधा पनि हुने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : ४९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने