जडीबुटी बेचेर चार करोड राजस्व असुली « Khabarhub

जडीबुटी बेचेर चार करोड राजस्व असुली


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड राजस्व संकलन गरेको छ । 

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व संकलन गरिएको छ । 

जडीबुटीमा प्रतिकेजी ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए । 

यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ । यार्सागुम्बा (जीवनबुटी)बाट ७५ लाख ४४ हजार ३७१ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए।

उनका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको  ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट २३ लाख ८१ हजार ६८० राजस्व संकलन भएको छ । प्रतिकेजी २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व संकलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो । 

प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व संकलन भएको सूचना अधिकारी नेपालीले बताए।    

उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी संकलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : ३४ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु