वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’ र ब्राजिलियन जनताका लागि ‘अपमानजनक’ भन्दै टिप्पणी गरेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्राजिलको निर्वाचनमा आफूले कुनै पनि उम्मेदवारको पक्ष नलिएको स्पष्ट पारे । तर निर्वाचनमा भएका घटनाक्रम हेर्दा त्यसलाई शब्दमा बयान गर्न कठिन भएको उनको भनाइ थियो ।
ब्राजिलमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पुनरागमन गर्दै राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका छन् । यस जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय लुलालाई चौथोपटक राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ ।
उनले दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
मतगणना लगभग सम्पन्न हुँदा आइतबार भएको निर्वाचनको दोस्रो चरणमा लुलाले ५०.८ प्रतिशत मत प्राप्त गरेका थिए भने जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोले ४९.२ प्रतिशत मत पाएका थिए ।
लुलाको जित विभिन्न निर्वाचनपूर्व सर्वेक्षणको अनुमानविपरीत आएको थियो । ती सर्वेक्षणमा फ्लाभियोलाई झिनो अग्रता देखाइएको थियो ।
यस महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ३९ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले लुलालाई करिब दुई प्रतिशत विन्दुले पछि पारेका थिए ।














प्रतिक्रिया