ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’ « Khabarhub

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’ र ब्राजिलियन जनताका लागि ‘अपमानजनक’ भन्दै टिप्पणी गरेका छन् ।

वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्राजिलको निर्वाचनमा आफूले कुनै पनि उम्मेदवारको पक्ष नलिएको स्पष्ट पारे । तर निर्वाचनमा भएका घटनाक्रम हेर्दा त्यसलाई शब्दमा बयान गर्न कठिन भएको उनको भनाइ थियो ।

ब्राजिलमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पुनरागमन गर्दै राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका छन् । यस जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय लुलालाई चौथोपटक राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ ।

उनले दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

मतगणना लगभग सम्पन्न हुँदा आइतबार भएको निर्वाचनको दोस्रो चरणमा लुलाले ५०.८ प्रतिशत मत प्राप्त गरेका थिए भने जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोले ४९.२ प्रतिशत मत पाएका थिए ।

लुलाको जित विभिन्न निर्वाचनपूर्व सर्वेक्षणको अनुमानविपरीत आएको थियो । ती सर्वेक्षणमा फ्लाभियोलाई झिनो अग्रता देखाइएको थियो ।

यस महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ३९ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले लुलालाई करिब दुई प्रतिशत विन्दुले पछि पारेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ११ : ४७ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा