विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु « Khabarhub

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । रौतहट, सिरहा, सप्तरी, चितवन, तनहुँ र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रौतहटको कटहरिया नगरपालिका–१ भसेडवामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय सुमन राय यादवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी २४ वर्षीया श्रीमती मनीषा देवी घाइते भएकी थिइन् । उपचारका क्रममा वीरगञ्जस्थित एनएमसी अस्पतालमा चिकित्सकले सुमनलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै, सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित महेन्द्र राजमार्गमा बसको ठक्करबाट पैदलयात्री ३५ वर्षीय विवेक बलम्पाकी मगरको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१० श्यामपुरका मगरलाई बसले ठक्कर दिएको थियो । घाइते उनको उपचारका क्रममा विराटनगरस्थित प्राइम अस्पतालमा मृत्यु भएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाचोकस्थित महेन्द्र राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक २२ वर्षीय विशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय विजय चौधरी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएकामा चालक विशान्तलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा ट्रकको ठक्करबाट स्कुटर चालक ५७ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ देउपुर निवासी गुरुङलाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पञ्चमुनीचोकमा स्कार्पियोको ठक्करबाट ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ घाँसेपानी निवासी गुरुङलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

रुपन्देहीको देवदह नगरपालिका–६ मिलनचोकमा पहिचान नखुलेको हाइलक्स वा पिकअप गाडीको ठक्करबाट ८२ वर्षीय बुद्धिप्रसाद पोखरेलको मृत्यु भएको छ । घाइते पोखरेललाई उपचारका लागि देवदह मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ पुष्पलालपार्कमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको छ । घाइते न्यौपानेको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा मृत्यु भएको विवरणमा उल्लेख छ ।

यस्तै गुल्मीको इस्मा गाउँपालिका–६ आपलायस्थित सडकमा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार साँझ करिब ५ बजे लु २ त ६१९४ नम्बरको खाली ट्र्याक्टरले पैदलयात्री मानबहादुर खत्रीका छोरा कुज्जन खत्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० माथिल्लो मोखोलास्थित सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब १ः३० बजे रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो । दुर्घटनामा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी, रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राडगी टोलस्थित सडकमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।

बिहीबार साँझ करिब ६ः३० बजे ना २ त ४७८६ नम्बरको ट्र्याक्टर र बा.प्र.०२-०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिण्डाका करिब ३५ वर्षीय सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निसा खड्का घाइते भएका थिए ।

दुवैलाई उपचारका लागि वीरगञ्जस्थित ब्याधा अस्पताल लगिएकामा सुभाषलाई चिकित्सकले राति ८ः१० बजे मृत घोषणा गरेका थिए । उनकी श्रीमतीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : १५ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२