मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल « Khabarhub

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा)नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
 
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।
 
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
 
यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भइ नसकेको उनले बताए। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याइने जानकारी दिए ।

 नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ । अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य रहेका छन् । 

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।
 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : २३ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,