अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत « Khabarhub

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो। 

यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। 

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ । 

१२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए। पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ४८ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा