सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन « Khabarhub

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

मन्त्रालयले दिएका निर्देशन बारम्बार पालना नगरेको र संगठनका पदाधिकारीले स्वीकृत विधान तथा मूल उद्देश्यविपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।

गृह मन्त्रालयद्वारा जारी सार्वजनिक सूचना अनुसार, सम्बद्ध सरोकारवाला पक्षसँग गत असोज २३ गते छलफल गराई ऐन तथा मन्त्रालयबाट २०८२ मंसीर १२ गते जारी निर्देशन बमोजिम कार्य गर्न आग्रह गरिएको थियो।

उक्त निर्देशनको पालना नभएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

सूचना जारी भएसँगै अब संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने सम्पूर्ण क्रियाकलाप गैरकानूनी हुने र त्यस्ता गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : ०२ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा