काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि कडा आलोचना गरेकी छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले अब रास्वपाले सुशासनको नारा नलगाउन आग्रह गरेकी हुन्।
अभियन्ता बमले रास्वपा नेतृत्वको सरकारको कार्यशैलीबाट ‘पञ्चायती गन्ध’ आएको उल्लेख गरेकी छन्। उनले पार्टीका कार्यकर्ताबाट मिडिया हाउसअगाडि गाडी तेर्स्याउने र मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउने जस्ता घटनाहरू भइरहेको भन्दै आपत्ति जनाएकी छिन्।
“रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने। वाह, तपाईंहरूको सुशासन!”
शुक्रबार विभिन्न मिडिया हाउसबाट पत्रकार पक्राउ परेपिछ उनले प्रेस स्वतन्त्रता र उत्तरदायित्वमाथि प्रश्न उठाएकी हुन्।














प्रतिक्रिया