पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल « Khabarhub

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गरिएको घटनाप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले कडा आपत्ति जनाएका छन्। उनले यस किसिमको कार्यलाई सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको महामन्त्री पौडेलले स्मरण गराएका छन्।

कुनै पनि समाचार सामग्रीप्रति आपत्ति वा असहमति रहेमा त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटोहरू हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत रहेको उनको ठहर छ।

“प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,” महामन्त्री पौडेलले भनेका छन्, “त्यसैले आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छु।” उनले पक्राउ गरिएका सम्पूर्ण पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न तथा आवश्यक छानबिन कानुनी प्रक्रियामार्फत मात्र अगाडि बढाउन जोडदार माग गरेका छन्।

साथै, उनले यसअघि पनि गाडी तेर्स्याएर मिडिया हाउसलाई आतंकित बनाउने प्रयास भएको उल्लेख गर्दै अहिले सोही अराजक प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु अत्यन्त लज्जास्पद र अस्वीकार्य रहेको बताएका छन्। आफ्ना कमजोरी लुकाउन मिडिया तर्साउने यस्तो प्रवृत्ति तत्काल रोक्न उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : ५१ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई