काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनामा प्रधानमन्त्री वालेन्द्र शाह र उनको सचिवालय वा कार्यालयको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत यस घटनाबारे प्रधानमन्त्रीलाई कुनै पनि प्रकारको पूर्वजानकारी नभएको प्रष्ट पारेकी छिन्।
घटनाबारे जानकारी हुनासाथ प्रधानमन्त्रीले गम्भीर चासो व्यक्त गर्दै नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न कडा निर्देशन दिएका छन्।
साथै, सञ्चारगृह वा समाचार कक्षभित्रै प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड वा हस्तक्षेपात्मक कार्य नगर्न सम्बन्धित सुरक्षा निकायलाई प्रधानमन्त्रीबाट स्पष्ट निर्देशन भइसकेको प्रेस विज्ञ दाहालले जानकारी दिएकी छिन्।














प्रतिक्रिया