वनमा लुकाइएका भरुवा बन्दुक बरामद « Khabarhub

वनमा लुकाइएका भरुवा बन्दुक बरामद


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको नौ सदस्यीय टोलीले खोजतलास गरेको थियो ।

प्रहरी टोलीले काठको गोलियाभित्रको खोक्रो भागमा स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल भरुवा बन्दुक फेलापारेको उनले जानकारी दिए । प्रहरीले ती बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ । बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : ३० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस