सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार « Khabarhub

विश्वकप अभ्यासमा क्रिकेट टिम

सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बइ क्रिकेट एकेडेमी (एमसीए प्रेसिडेन्ट-११) लाई ७ विकेटले पराजित गरेको छ ।

पहिलो अभ्यास खेलमा विजयी भएको नेपाल टिमले दोस्रो अभ्यास खेल शनिबार खेल्दैछ । बिहीबारको खेलमा अस्वास्थ्ताका कारण सन्दीप लामिछाने उपस्थित हुन सकेनन् । शनिबारको खेलमा उनी उपस्थित हुने अनुमान गरिएको छ ।

बिहीबारको खेलमा पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । भारतीय टोलीका लागि सिद्धार्थ अक्रेले २० बलमा २८ रन तथा परिक्षित सालंगकरले २८ बलमा २७ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

नेपालका बलरमध्ये नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ४ ओभरमा २५ रन दिएर १ विकेट हात पारे ।

१४३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ३ विकेट गुमाउँदै १४३ रन बनाउँदै सहज जित निकाल्यो। कप्तान रोहित पौडेलले ४३ बलमा ५० रनको अविजित अर्धशतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे। कुशल भुर्तेलले २१ बलमा ३८ रन जोड्दै आक्रामक सुरुवात दिलाए ।

एमसीएका बलर मध्ये प्रतीक मिश्राले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने धनीत राउतले ३.२ ओभरमा २९ रन दिएर १ विकेट हात पारे।

विश्वकपको तयारीलाई मजबुत बनाउने उद्देश्यले खेलिएको यस अभ्यास खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ । टोलीले अभ्यास खेलमार्फत आत्मविश्वास बढाउँदै आगामी विश्वकपमा बलियो प्रदर्शन गर्ने संकेत दिएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : २२ बजे

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल