मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव « Khabarhub

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । 

बजार मूल्यसँग सम्बन्धित तथ्यांक नै मूल्य तथ्यांक भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत संकलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।

आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा स्पष्ट पारिएको छ ।

यस्ता प्रवृत्तिको निरुत्साहन गर्न व्यापारका विकल्पहरू संस्थान, सहकारी, व्यापारिक सञ्जाल, साझेदारीजस्ता पद्दतिको विकास गर्नु आवश्यक रहेको ठहर गरिएको छ । मूल्य नियन्त्रणका लागि वस्तुको उत्पादनलाई बढावा दिने, वितरणकारी तहहरू कम गर्ने, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने, बिचौलियाले मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने विभागको सुझाव छ ।

यस्तै, सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धी बजारको निर्माण गर्ने र नियमित रूपमा बजारको अनुगमन गर्नुपर्ने अध्ययनको सुझाव छ । विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँ कार्यालयमार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यका साथ अध्ययन गरेको थियो ।

विभागका अनुसार विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चामलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ । मङ्सिरको तुलनामा गत पुसमा सोना मन्सुली चामलको मूल्य घटेको र वासमती चामलको मूल्य बढेको देखिन्छ भने अन्य चामलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ ।

यस्तै, दालको मूल्यमा केही वृद्धि भएको देखिन्छ । गेडागुडीको मूल्यमा सामान्य परिवर्तन आएको, राज्मा सिमीको मूल्यमा भने मध्यम उतारचढाव भएको पाइएको छ । तरकारी तथा मसलाको औसत मूल्यमा मध्यम उतारचढाव भएको तथा आलु, काउली र प्याजमा सामान्य परिवर्तन भएको भए पनि अदुवा, गोलभेँडा, लसुन सुकेको र खुर्सानी सुकेको जस्ता मसलाजन्य खाद्यवस्तुमा ठूलो मात्रामा उतारचढाव भएको अध्ययनमा देखिएको छ ।

स्याउ, अनारलगायत फलफूलको मूल्यमा असामान्य उतारचढाव देखिनुले विभिन्न सहरको फलफूलको मूल्यमा सोही अनुपातमा परिवर्तन भएको पाइएको छ । माछा, मासु र अण्डाको औसत मूल्यमा सामान्य परिवर्तन आएको पाइएको छ । विभिन्न सहरको तुलनामा खसी, ब्रोइलर, अण्डा र माछालगायतका मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव भएको अध्ययनमा पाइएको छ ।
 
समग्र बजारको अवस्था विश्लेषण गर्दा उपभोग्य फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन भएता पनि घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड, घिउसिमी, लोकल कुरिलोलगायत तरकारीको मूल्यमा एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्म परिवर्तन भएको अध्ययनमा पाइएको छ ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : २३ बजे

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं – अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा