काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेका विभिन्न पदमा शुक्रबार सुचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो ।
गोरखापत्र संस्थान प्रमुख एंव महाप्रबन्धक लालबहादुर ऐरीको सक्रियता र पहलमा नयाँ भर्ना खुला भएको हो । महाप्रवन्धक ऐरीको अग्रसरतामा लामो समय देखि नियमित हुन नसकेको पदपूर्ति र बढुवा प्रक्रिया समेत खुला गरिएको हो । यसले संस्थाको कार्यसम्पादन तथा प्रशासनिक संरचनालाई जीवन्त तुल्याउने विश्वास गरिएको महाप्रबन्धक ऐरीको सामाजिक सञ्जालमार्फत जानकारी गराए ।
लामो समयपछि संस्थानले विभिन्न तहमा खुला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगितात्मक परीक्षा खुला गरेको छ । यस्तै ज्येष्ठ र कार्य सम्पादन मूल्याङकन द्धारा हुने बढुवा समेत खुला गरेको छ । संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको छ ।
अधिकृतदेखि सहायकस्तरका कर्मचारीको नयाँ भर्ना खुला गरेको संस्थानले जनाएको छ । खुला प्रतियोगितात्मक ९१ जना र आन्तरिक १८९ गरी २८० जनाको भर्ना खुला गरेको संस्थानले जनाएको छ ।
विभिन्न तहमा ९१ सङ्ख्यामा नयाँ भर्ना खुला गरिएकाले यसले संस्थानमा रोजगारी समेत सिर्जना गर्न मद्दत पुग्ने उनको भनाई छ । यस्तै संस्थानमा पहिलो पटक संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरि सोही प्रतिवेदन अनुसार आगाडि बढेको जनाएको छ ।
संस्थानले कुलामा नायब कार्यकारी निर्देशक नौ तहमा एक जना माग गरेको छ । यस्तै समाचारदाता ६ तह(नेपाली)मा नौ जना माग गरेको छ । यस्तै समाचारदाता ६ तह(अग्रेजी_मा सात जना माग गरेको छ । फोटो पत्रकार तह ६ (फोटोग्रार्फी तथा कला)मा दुई जना माग गरेको संस्थाले जनाएको छ । प्रशासनका विभिन्न तहमा नयाँ कर्मचारी माग गरिएको छ ।
खुला प्रतियोगितात्मक परीक्षाका लागि आगामी फागुन सात गते सम्म फाराम बुझाउनुपर्ने छ । यस्तै दोब्बर दस्तुर तिरी फागुन १४ गते सम्म फाराम बुझाउने समय सीमा निर्धारण गरिएको छ । तोकिएको योग्यता पुगेका उमेदवारले तोकिएको शुल्क तिर फाराम बुझाउन सकिने संस्थानले जनाएको छ।
इच्छुक उम्मेदवारले दरखास्त फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेस गर्न सक्नेछन्।
















प्रतिक्रिया