आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र « Khabarhub

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन । 

१९ करोड १४ लाखमा ३७ हजार १६७ रुपैयाँ (भ्याटसहित) लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएका धुकुछु कन्स्ट्रक्सन प्रालि बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत काम मात्रै गरेको छभने वित्तीय प्रगति ६३ दशमलव २५ प्रतिशत रहेको छ ।

सो ठेक्का भेरिएसन भएर लागत २१ करोड ९३ लाख ६२ हजार १८९ रुपैयाँ पुगेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर कुमार रायले बताए ।
 
जनकपुर–कदमचौक– कप्टोल–तिनकोरीया– सघारा–कमला पुल हुलाकी सडक स्तरोउन्नतिका लागि ठेक्का भएकामा पहिला नै उक्त खण्डको केही भागको निर्माण भइसकेकाले ठेक्काअनुसार बाँकी रहेको कार्य गर्न कमला पुलदेखि पूर्व सिरहा बजारको महावीर चोकसम्मको डेढ किलोमिटर सडक बनाउन जिम्मेवारी दिइएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए ।
 
विसं २०७४ असारमा ठेक्का सम्झौता भएको उक्त सडक २०७५ पुससम्म बनिसकिनुपर्नेमा अहिलेसम्म आठपटक म्याद थप गरेर निर्माण कम्पनी धुकुछु कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको छ । थपिएको म्याद आउँदो चैतमा सकिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ ।

सिरहा बजारको महावीर चोकदेखि पूर्व भगवानपुर बलान पुलसम्म सडक कालोपत्र भई सञ्चालमा रहे पनि सिरहाको महावीर चोकदेखि पश्चिम बसबिट्टा कमला बाँधसम्मका डेढ किलोमिटर सडक नबन्दा यहाँका स्थानीय धुलाम्य सडकमा यात्रा गर्न बाध्य रहेका छन् ।

‘निर्माण कम्पनीका प्रतिनिधि जयमोद झाले यही हप्ताको मङ्गलबारदेखि बजार खण्डमा काम सुरु भएको छ, हामी मेसिनसहित पुगिसकेका छौँ, चैतभित्र काम सक्नेगरी काम भइरहेको छ’, उनले भने, ‘धुलो नियन्त्रणका लागि पानी छर्कन आजै सेप्टी ट्याङ्की आएको भोलिदेखि नियमित रुपमा पानी छर्किने काम हुने छ ।’
 
समयमै सडक कालोपत्र नहुँदा धुलो उडेर घर तथा पसलमा बस्न सास्ती भएको गुनासो स्थानीय राजीव यादवको रहेको छ । उनले भने, ‘हुलाकी सडकको धुलो खाएको लामो समय भयो, दैनिक धुलाम्मे सडकमा पानी पनि नहाल्दा निकै समस्या भइरहेको छ ।’ रासस

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : ०४ बजे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु