हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन « Khabarhub

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । 

जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । 

बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ स–जोमसोम–कोरला) सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ । 

यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याएर सडक सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त सुरक्षा टोली परिचालित गरिएको थियो । 

यसैगरी अवरुद्ध सडक खुलाउन गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ र वडाध्यक्ष कर्माघ्याचो गुरुङ लगायतका स्थानीय जनप्रतिनिधि परिचालित भएका थिए ।

भारी हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । 

उनका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो स्थानमा हिउँ ढुङ्गा जस्तै सारो हुने गरी जमेकाले दुई पांग्रे र भारी सवारीसाधनलाई मुक्तिनाथ उक्लिन समस्या रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारीसाधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारीसाधन लैजान अनुरोध गरेको छ ।

भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुस्ताङको कागबेनीमा रोकिएका सवारीसाधन गन्तव्यमा प्रस्थान गरेका छन् । 

पुनः हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : २१ बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू