पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ « Khabarhub

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । 

चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताए । 

उनले भने, ‘मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । अभिनेत्री थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताइन् । 

‘यस चलचित्रको आकर्षण नै कथा हो । यसमा सबैले उत्तिकै मेहनतका साथ काम गरेका छन् । चलचित्र हेर्न आउनुभएका दर्शकले पनि आफ्नै कथा भनेर हामीलाई प्रतिक्रिया दिनुभएको छ’, अभिनेत्री थापाले भनिन् । 

चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् ।  रासस

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : १७ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत