पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ « Khabarhub

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । 

चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताए । 

उनले भने, ‘मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । अभिनेत्री थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताइन् । 

‘यस चलचित्रको आकर्षण नै कथा हो । यसमा सबैले उत्तिकै मेहनतका साथ काम गरेका छन् । चलचित्र हेर्न आउनुभएका दर्शकले पनि आफ्नै कथा भनेर हामीलाई प्रतिक्रिया दिनुभएको छ’, अभिनेत्री थापाले भनिन् । 

चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् ।  रासस

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : १७ बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू