राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन « Khabarhub

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् ।

शुक्रबार काठमाडौँमा बसेको युवा सङ्घ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए  । 

त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूले कार्यकालको शुभकामना दिएका छन् ।

अध्यक्षमा चयन भएपछि गुरुङले राजनीतिक र वैचारिक रुपमा सङ्गठनलाई बलियो बनाउँदै लैजाने बताए  । 

आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउन जनताको बीचमा गएर युवाहरूको मुद्दाहरूलाई अघि बढाउने उनको भनाइ छ ।  

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट एमालेका तर्फबाट उम्मेदवार बनेपछि नेतृत्व हस्तान्तरण गरेका हुन् । 

अध्यक्षको जिम्मेवारी पाए लगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : २४ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर