दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस « Khabarhub

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ । यतिबेला सबै राजनीतिक दल, पार्टीका गतिविधि रोकेर चुनाव केन्द्रित बनेका छन् । 

जेन-जी विद्रोह र आन्दोलन पछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनले यति बेला एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा दलगत चुनावी माहौल तातेको छ ।

७४ वडा मध्य गत स्थानीय तह निर्वाचनमा २८ वडामा जित निकाल्दै पहिलो पार्टी बनेको दोलखा कांग्रेस आउँदो निर्वाचनमा पनि जित निकाल्ने रणनीति कांग्रेस दोलखाले बनाइरहेको देखिन्छ ।

कांग्रेसले उम्मेदवार बनाएका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई जिताउन आउँदो माघ १८ गते आइतबार  पार्टी संयुक्त वृहत् बैठक तथा शनिबार युवा भेला  बोलाएको छ ।

पार्टीको सचिवलयले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार अजयबाबु शिवाकोटी तथा समानुपातिक उम्मेदवार छिरीङडाेल्मा शेर्पालाई विजयी गराउन युवा भेला तथा बृहत् बैठक आयोजना गरिएको कार्यालय सचिव भोजराज चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठक माघ १८ गते दिउसो ११ बजे बस्ने जनाइएको छ ।

विज्ञप्तिमा कांग्रेस दोलखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय  सदस्य, पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सदस्य, पार्टीका पूर्व सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी तथा सदस्य प्रदेश कार्य समितिका सभापति, पदाधिकारी र सदस्य साथीहरू प्रदेश प्रतिनिधि साथीहरू, नगर तथा गाउँपालिका कार्यसमितिका सभापति, पदाधिकारी तथा सदस्यहरू, वडा कार्यसमितिका सभापति, पदाधिकारी तथा सदस्य साथीहरू, भातृ भगिनी तथा सुभेक्षुक संस्थाका अध्यक्ष पदाधिकारी तथा सदस्य साथीहरू, नेपाली काँग्रेस दोलखाका क्रियाशील सदस्यलगायतलाई बैठक उपस्थित हुन अनुरोध गरिएको छ ।

त्यसैगरी १७ माघ (भोलि शनिबार) युवा, विद्यार्थी  तथा तरुण दलको भेला आह्वान गरिएको छ ।

सभापति बर्मा लामाले एक सूचना जारी गर्दै शनिबार बिहान ११ बजे सिमपानी हल चरिकोटमा बस्ने भेलामा उपस्थित हुन नेविसंघ, तरुण दल र आम जेन-जी युवाहरूलाई निर्देशन दिएका छन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ७ : २६ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर