सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–४ रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मप्र०३–००१त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरका ३० वर्षीय राजु पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

हुलाकी सडकखण्डअन्तर्गत गडहियाबाट बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लिएर जाँदै गरेका पटेलले चलाएको ट्रयाक्टरमा एक्कासी ब्रेक लगाउँदा उखुको भारी चिप्लिएर पटेललाई थिचेको थियो ।

तत्काल उद्धार गरी प्रादेशिक अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी प्रवक्ता राईले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सर्लाहीको चन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा भारतीय बिआर ३०एपी ३०३७ नम्बरको मोटरसाइकलले चन्द्रनगर–२ बरकुर्वाकी ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए ।

घाइते ठाकुरको अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी र चालक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका २० वर्षीय विशाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक