लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ « Khabarhub

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।

त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेखेका थिए।

उनले ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ भन्दै पीडित बालिकालाई हौसला दिएका थिए।

शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको पनि उल्लेख गरेका थिए।

उनी प्रधानमन्त्री भएलगत्तै शर्मामाथि धरपकड गरिएको हो ।स्रोतले जनाएअनुसार शर्मालाई पक्राउ पुर्जीसमेत नदिई प्रहरी मध्यरातमा उठाएर लगेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ०४ बजे

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल