आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२६ मार्च ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश

मेष : आज महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ। व्यापरमा थप मिहिनेतको खाँचाे छ ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। धनसम्पत्ति आर्जन हुनेछ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सिर्जनात्मक क्षमता बढ्नेछ। परिवारसँग सचेत बन्नुपर्नेछ। व्यवहार गर्दा तीन पटक सोच्नुपर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईंले सुरुवात गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : मन अशान्त बन्ने जोखिम छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाकोअवसर मिल्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीसँगको वार्ताले घरमा विवादा बढ्ने भएकाले सचेत भएर बोल्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अरुले लिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज प्रियजनसँगको भेटले मन रमाउनेछ। कतै घुमफिर तय हुनसक्छ। आज नयाँ कामको थालनी हुने सम्भावना छ। पारिवारिक मेलमिलाप हुनेछ।

मकर : सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सकार्यमा अगाडि बढेमा फाइदा हुेनछ। शत्रु बढ्नेछन्। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्रप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। शिक्षा र व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ४५ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२