लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन् « Khabarhub

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत अन्तिम खेल खेल्ने टोली घोषणा गरेका छन् ।

टोली लाओस पुगेलगत्तै प्रशिक्षक एरेनाले अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा) को सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगाएका हुन् ।

नेपालले छनोटको अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दै छ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको उक्त खेल लाओसमै सारिएको हो । दशरथ रंगशालामा चैत १३ का लागि तय भएको हङकङविरुद्धको मैत्रीपूर्ण खेल पनि यसअघि नै रद्द भइसकेको छ ।

२३ सदस्सीय टोलीको कप्तानी किरणकुमार चेम्जोङले नै गर्नेछन्।

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार र योगेश धिमाल ।

टोलीका अन्य सदस्य: अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, दीपेश गुरुङ, जिलेस्पीजंग कार्की, कृतिश रत्न छुन्जु, मणिकुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ र युवराज खड्का ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १२ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित