लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन् « Khabarhub

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत अन्तिम खेल खेल्ने टोली घोषणा गरेका छन् ।

टोली लाओस पुगेलगत्तै प्रशिक्षक एरेनाले अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा) को सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगाएका हुन् ।

नेपालले छनोटको अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दै छ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको उक्त खेल लाओसमै सारिएको हो । दशरथ रंगशालामा चैत १३ का लागि तय भएको हङकङविरुद्धको मैत्रीपूर्ण खेल पनि यसअघि नै रद्द भइसकेको छ ।

२३ सदस्सीय टोलीको कप्तानी किरणकुमार चेम्जोङले नै गर्नेछन्।

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार र योगेश धिमाल ।

टोलीका अन्य सदस्य: अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, दीपेश गुरुङ, जिलेस्पीजंग कार्की, कृतिश रत्न छुन्जु, मणिकुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ र युवराज खड्का ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले