इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी « Khabarhub

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने र त्यहाँको प्रमुख इन्धन केन्द्र ‘खार्ग टापु’ कब्जा गर्न सकिने बताएका छन् ।

‘फाइनान्सियल टाइम्स’ सँगको कुराकानीमा ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिनु आफ्नो मुख्य चाहना रहेको बताएका हुन् । “साँच्चै भन्ने हो भने, इरानको तेल नियन्त्रणमा लिनु मेरो प्रिय विषय हो ।”

ट्रम्पले तेल नियन्त्रणमा लिनुको अर्थ खार्ग टापु कब्जा गर्नु पनि हुन सक्ने संकेत गरे । “हुनसक्छ हामी खार्ग टापु लिन्छौँ, हुनसक्छ लिँदैनौँ । हामीसँग धेरै विकल्प छन्,” उनले अगाडि थपे, “यसको अर्थ हामीले केही समय त्यहाँ (खार्ग टापु) बस्नुपर्ने पनि हुन सक्छ ।”

उक्त टापुको रक्षा प्रणालीबारे सोधिएको प्रश्नमा उनले इरानी सैन्य प्रतिरक्षा बलियो नभएको दाबी गरे । “मलाई लाग्दैन उनीहरूसँग कुनै प्रतिरक्षा संयन्त्र छ । हामीले त्यसलाई निकै सजिलै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने ।

मध्यपूर्वमा थप ३ हजार ५ सय अमेरिकी सैनिक आइपुगेकै समयमा राष्ट्रपतिको यस्तो टिप्पणी सार्वजनिक भएको हो । यस क्षेत्रमा बढ्दो तनावका कारण अमेरिकी सेनामाथि इरानी आक्रमण हुन सक्ने त्रास बढेको छ ।

यद्यपि, ट्रम्पले पाकिस्तानका ‘दूतहरू’ मार्फत अमेरिका र इरानबीच भइरहेको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । तर, तत्कालै युद्धविरामको सम्झौता हुने/नहुनेबारे भने उनले कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “सम्झौता निकै छिट्टै हुन सक्छ ।”

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : २९ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र