मल्कवाङमा विद्युतीकरण « Khabarhub

मल्कवाङमा विद्युतीकरण


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ ।  

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो ।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरी गाउँपालिका–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए ।

गत मङ्सिर महिनामा प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो । मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रीय लाइनको बिजुली बालिएको वडाध्यक्ष छन्त्यालले बताए  ।

‘छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौँ’, उनले भने, ‘होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युुत् प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।’

धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत् लगिने भएको छ । यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघु जलविद्युत परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । 

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं –४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ । 

३७० घरपरिवारको बसोबास रहेको लुलाङमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेक बस्तस्हरुमा केन्द्रीय विद्युत् सुविधा पुग्ने केन्द्रका प्रमुख गामीले बताए । 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ४३ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको