ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो « Khabarhub

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन्। आइतबार फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।

ट्रम्पले भने, ‘साँचो भन्नुपर्दा मेरो मनपर्ने कुरा भनेको इरानको तेल लिनु हो। यसका लागि अमेरिकासँग धेरै विकल्प छन्।’

उनले थपे, ‘अमेरिकामा केही मानिसहरू सोध्छन्, तपाईं यस्तो किन गर्दै हुनुहुन्छ? तर उनीहरू मुर्ख हुन्।’

उनले खार्ग आइसल्यान्डबारे पनि उल्लेख गरेका छन् । ‘हामी खार्ग द्वीप लिन सक्छौँ वा नलिन पनि सक्छौँ’, उनले भने । ट्रम्पका अनुसार उक्त द्वीपमा इरानको सुरक्षा बलियो नभएकाले अमेरिका सजिलै कब्जा गर्न सक्छ।

खार्ग द्वीप फारसको खाडीको उत्तरी भागमा अवस्थित छ । जुन इरानको प्रमुख तेल केन्द्र हो। यहीँबाट करिब ९० प्रतिशत इरानी तेल निर्यात हुन्छ।

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि छिट्टै सम्झौता हुन सक्ने बताएका छन्। तर उनले चेतावनी दिँदै भने, ‘यदि तेहरानले अमेरिकी प्रस्ताव नमाने देश नै बाँकी नहुन सक्छ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ०४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली