ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो « Khabarhub

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन्। आइतबार फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।

ट्रम्पले भने, ‘साँचो भन्नुपर्दा मेरो मनपर्ने कुरा भनेको इरानको तेल लिनु हो। यसका लागि अमेरिकासँग धेरै विकल्प छन्।’

उनले थपे, ‘अमेरिकामा केही मानिसहरू सोध्छन्, तपाईं यस्तो किन गर्दै हुनुहुन्छ? तर उनीहरू मुर्ख हुन्।’

उनले खार्ग आइसल्यान्डबारे पनि उल्लेख गरेका छन् । ‘हामी खार्ग द्वीप लिन सक्छौँ वा नलिन पनि सक्छौँ’, उनले भने । ट्रम्पका अनुसार उक्त द्वीपमा इरानको सुरक्षा बलियो नभएकाले अमेरिका सजिलै कब्जा गर्न सक्छ।

खार्ग द्वीप फारसको खाडीको उत्तरी भागमा अवस्थित छ । जुन इरानको प्रमुख तेल केन्द्र हो। यहीँबाट करिब ९० प्रतिशत इरानी तेल निर्यात हुन्छ।

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि छिट्टै सम्झौता हुन सक्ने बताएका छन्। तर उनले चेतावनी दिँदै भने, ‘यदि तेहरानले अमेरिकी प्रस्ताव नमाने देश नै बाँकी नहुन सक्छ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ०४ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र