प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने « Khabarhub

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा सोमबार बस्ने गरी बोलाएको बैठकमा सहभागी नहुने उनले बताएका छन् ।

हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

अध्यक्ष साम्पाङले प्रमले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुपर्ने अडान राखेका छन् ।

‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । सदनको बैठक बोलाए त्यही कुरा राख्छौँ’, उनले भने, ‘हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ। जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : १८ बजे

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि