सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह « Khabarhub

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका छन्। सोही क्रममा उनले सोमबार कर्णाली प्रदेशका सांसदहरूसँग पहिलो चरणको बैठक गरेका हुन्।

प्रधानमन्त्री शाहले प्रत्येक प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल गर्ने योजना बनाएका छन्। कर्णालीपछि अन्य प्रदेशका सांसदहरूसँग पनि सम्भव भएसम्म क्रमशः बैठक गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

छलफलमा प्रदेशहरूको समग्र अवस्था, विकास प्रगति र देखिएका चुनौतीबारे समीक्षा गरिने बताइएको छ। साथै, केन्द्र र प्रदेशबीच समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

सांसदहरूसँगको छलफलपछि प्रधानमन्त्री शाहले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख तथा सचिवहरूसँग पनि अलग–अलग बैठक गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ३४ बजे

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि