अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए « Khabarhub

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा भेटिएका छन् ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीका ४० वर्षीय यमराज लिम्बू गत फागुन ८ गते घर जान्छु भन्दै निस्किएका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि चैत १ गते उनका लागि खोजतलास गर्न हुलियासहित निवेदन परेको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ कि आइतबार फक्ताङलुङ गाउँपालिका–२ मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको हो। घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बाँया हातमा रहेको ट्याटुको आधारमा शवको पहिचान गरिएको थियो।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ४४ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै