चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का « Khabarhub

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट गरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ‘युसीन–एआरटी जेभी’ नामक चिनियाँ कम्पनीलाई सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिने भएको हो ।

सडक विभागका तर्फबाट आयोजना हेर्ने ईञ्जिनियर सुनियोजित नेपालका अनुसार अनुमानित लागतभन्दा करिब ४० प्रतिशत कम रकम कबोल गरेकाले उक्त कम्पनी छनोट गरिएको हो ।

कम्पनीलाई एक हप्ताभित्र सम्झौताका लागि बोलाइएको उनले जानकारी दिए । आयोजनाले सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कार्तिक १६ गते ठेक्का आह्वान गरेको थियो ।

जसमा १० कम्पनीले टेण्डर दिएका थिए । तीमध्ये युसीन–एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो ।

कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको