बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से « Khabarhub

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि पुँजीबजारका कारोबारी तर्सिएको देखिएको छ । बालेनको नेतृत्वमा सरकार बनेपछि नेप्से दुई दिनदेखि निरन्तर ओरालो लागेको देखिएको हो ।

बालेन नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाट नै सरकारले शासकीय सुधारको क्षेत्रमा आगामी दिनमा गर्ने १ सय कार्यसूची अघि सारेको छ । जसमा सम्पत्तिको डिजिटल तथ्यांक सुरुवात गर्नेदेखि निजी क्षेत्रलाई स्वस्थ प्रवर्द्धन गर्नेसम्मका विषय छन् ।

विशेषगरी अनुत्पादक क्षेत्रको रूपमा परिचित हुँदै आएको दोस्रो पुँजीबजार सरकारको सुशासनमुखी कदम देखेर तर्सिएको देखिएको छ ।

आइतबार ७१.०५ अंकले घटेको नेप्से सोमबार पनि ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा पुगेको छ । आज नेप्सेमा गिरावट आउँदा २३७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

सोमबार कारोबार भएका मध्ये रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज सेयर बजारमा गिरावट आउँदा सबै समूहको उपसूचक पनि नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : १३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६