तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे « Khabarhub

तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश श्रेष्ठले ‘आबाट आमा २’ साइन गरेका छन् ।

उनी फिल्ममा अनुबन्ध भएको निर्देशक चन्द्र पन्तले सोमबार जानकारी दिएका हुन् ।

यससँगै ‘आबाट आमा २’का लागि तीन कलाकार फाइनल भएका छन् । सिक्वेलमा नायक पल शाह र नायिका विपना कार्कीलाई निरन्तरता दिइएको हो ।

निर्देशक पन्तका अनुसार पल शाह फिल्ममा शीर्ष भूमिकामा रहेका छन् । आकाश विशेष भूमिकामा अनुबन्ध भएका हुन् ।

पन्तले भने, ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ ।’

उनको भूमिकाबारे निर्माण पक्षले थप केही खुलाएको छैन ।

लगातार फिल्महरू फ्लप भएपछि आकाश सन् २०२३ देखि कुनै पनि फिल्ममा देखिएका छैनन् । उनी भने राम्रो स्क्रिप्टको खोजीमा आफू रहेको बताउँदै आएका छन् ।

वैशाख २ बाट यो फिल्मको छायाङ्कन सुरु हुने र दशैँमा प्रदर्शनमा आउने बताइएको छ ।

‘आबाट आमा’ अहिले प्रदर्शनरत छ । ५१ दिन मनाएको यस फिल्मले १३ करोडभन्दा बढी व्यापार गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा