अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने « Khabarhub

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

फिल्म निर्माण कम्पनी सनराएज पिक्चर्सले आनमोल र नायिका प्रिन्सी खतिवडा फिचर्ड पोस्टर सार्वजनिक गरी असोज ३० गते प्रदर्शन मिति राखिएको जानकारी दिएको हो ।

यो दशैँको लामो बिदा लक्षित गरी फूलपातीको अघिल्लो दिन अनमोलको फिल्म प्रदर्शनमा आउन लागेको हो ।

पोस्टर सार्वजनिक गर्दै अनमोलले लेखेका छन्, ‘दशैँमा भेटौला ।’

यस फिल्मको निर्देशक अनमोलकै बुवा भुवन केसी हुन् । टिकटकबाट चर्चामा आएकी प्रिन्सीको यो डेब्यू फिल्म हो ।

पोस्टरमा अनमोल र प्रिन्सीको पहिरनले यो फिल्मको कथा केही वर्ष पूरानो रहेको संकेत गर्छ । अनमोलले हातका आँगोको राँको लिएका छन् । पर्खालमा उभिएकी प्रिन्सीको खुट्टा उनले समातेको देख्न सकिन्छ ।

सधैँ लभर ब्याइको भूमिकामा देखिने अनमोलले यस पटक फरक चरित्र निर्वाह गरेको पोस्टरले संकेत गर्छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०१ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको