इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि « Khabarhub

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको छ । 

सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य  कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले  इजरायली हवाई आक्रमणमा ताङ्गसिरीको मृत्यु भएको घोषणा गर्दै उनलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गरेका छन् ।

हाल इरानले प्रमुख जलमार्गमा नाकाबंदी लगाएको छ भने नाकाबन्दीले  विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ । तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सन्यै कमान्डरको मृत्यु भएको जनाइएको छ । 

 उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ । यस अघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन, र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जन भन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएको बताइएको छ ।

ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिवद्धता गरेको जनाइएको छ । उनलाई खमेनीले सन् २०१८ मा सेना नेतृत्व गर्न नियुक्त गरेका थिए जसको कार्य इरानलाई आन्तरिक वा बाह्य खतराहरूबाट जोगाउनु हो ।

इजरायल र संयुक्त राज्य अमेरिकाले शीर्ष अधिकारीहरूको हत्या गरेर इरानलाई ठुलो झट्का दिएको बताएका छन् । 
 
 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : २५ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृत विहिन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत