बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह « Khabarhub

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई आग्रह गरेका छन् ।

मन्त्री भण्डारी र विश्व खाद्य कार्यक्रम नेपालका देशीय निर्देशक रियाज लोधीबीच आज सुर्खेत वीरेन्द्रनगरस्थित मन्त्रालयमा भएको भेटघाटमा उनले कर्णालीको आयात घटाउने र आत्मनिर्भर बढाउने कार्यक्रमलाई बढावा दिन अनुरोध गरेका हुन् ।

भेटमा कर्णालीमा लागु भएको विश्व खाद्य कार्यक्रमको समीक्षा गरिएको थियो । सो अवसरमा मन्त्री भण्डारीले कर्णालीमा जलवायु परिवर्तनको उच्च जोखिमका कारण हिमाली क्षेत्रबाट सिजनअनुसार बसाइँसराइ हुनुपर्ने अवस्था रहेको बताए ।

श्रम तथा रोजगारका लागि भारत जाने र शिक्षाका लागि सहर बसाइ सर्ने कारणले खाद्य प्रणालीमा असर परेको उनको भनाइ थियो । निर्देशक लोधीले विगतका कार्यक्रमको स्मरण गराउँदै थप कार्यक्रम सञ्चालन गर्न चाहेको बताएका थिए ।

किसानको उत्पादन र बिक्री गरिएका वस्तुको समयमा भुक्तानी हुन नसक्ने देशभरका समस्या बारे जानकारी गराउँदै यससम्बन्धी काम आफूहरुले गर्न खोजेको उनको भनाइ थियो ।

पोषणसम्बन्धी कार्यक्रम कर्णाली प्रदेश केन्द्रित भएको बताउँदै लोधीले आफ्ना सबै कार्यक्रमलाई एकीकृत प्रणालीबाट कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष